नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाट लगियो
g]Djfªsf] zjofqf ;'?
sf7df8f}F, @* ebf} M
;+ljwfg;efsf cWoIf Pj+ g]skf -Pdfn]_sf pkfWoIf ;'jf;rG g]Djfªsf] lghL lgjf; afn'jf6f/af6 laxLaf/ cfo{3f6sf nflu zjofqf ;'? . tl:a/M ls/0f/fh lji6÷/f;;
हृदयाघातबाट निधन भएका संविधानसभाध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ। स्व. नेम्वाङको बालुवाटार निवासबाट पार्थिव शरीरलाई पशुपति आर्यघाट लगिएको हो।
स्व.नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै निकालिएको शवयात्रा पशुपति आर्यघाट पुगेको हो। नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ ।
नेम्वाङको गत २६ भदौमा हृदयाघातका कारण निधन भएको थियो। नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसहितगर्ने निर्णय सरकारले गरेको थियो। आज नेम्वाङको निधनमा सरकारले सार्वजनिक बिदा दिएको छ।
नेम्वाङको अन्त्येष्टि शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिनेछ। शवयात्राको रुट निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको थियो।
२८ भदौ २०८०, बिहीवार १२:३० बजे प्रकाशित






























