punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी ६ लेन सडकमा ‘डिभाइडर’ हटाइदै, दुर्घटनाको जोखीम र सडक अवरोध हट्ने बिश्वास

Chaupati
safha napa

धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकमा राखिएका डिभाइडरले दुर्घटनाको जोखीम र अवरोध हुने भन्दै हटाउन थालिएको छ। मोहना पुल अत्तिरया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रका सबै डिभाइडर हटाएर सडक फराकिलो बनाउनुका साथै सवारी अवरोध हटाउन थालिएको हो।

डिभाइडरका कारण दुर्घटनाको जोखिम बढेको भन्दै पैदलयात्रु, चालकहरुले गुनासो गर्दै आएपछि सडक दायाँबायाँ राखिएका सबै डिभाइडर हटाउन थालिएको हो। मोहनापुलदेखि गेटा धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सबै डिभाइडर हटाइएको छ। सयौँको संख्यामा राखिएका डिभाइडर हटाउने काम भएपछि सडक फराकिलो बन्नुका साथै सडकमै गाडी पार्किङ गर्ने क्रम घट्दा आवतजावत गर्नेलाई सहजता हुने स्थानियले बताएका छन्।

डिभाइडरका कारण सडक साँघुरो हुनुका साथै दुर्घटनाको जोखिम समेत बढी हुने भएका कारण यस्ता ठुला सडकमा अवरोध हुने गरी कुनै पनि वस्तु राख्न नहुने स्थानियको भनाई छ । डिभाइडर राख्दा सवारी पार गर्न समस्या, आवतजावत गर्दा अप्ठायारो, सवारी निश्चित ठाउँमा पुगाउन लामो समय लाग्ने समस्या थियो ।सडक खण्डमा सुरक्षाका लागि आवश्यक जेब्राक्रस, ट्राफिक संकेत, ट्राफिक लाइट, फुटपाथ लगायत सडक पूर्वाधार तयार नगरी डिभाइडर मात्र राखेर जोखिम झनै बढेको थियो।

बिभिन्न ठाउँमा छरपष्ट राखिएका डिभाइडरले सडकलाई कुरूप र सवारी चालकलाई सवारी चलाउन समेत समस्या हुने गरेको थियो। सडकमा राखिएका डिभाइडरले विशेष गरी रातिको समयमा डिभाइडरका कारण दुर्घटनाको जोखिम पनि कम हुने बिश्वास चालकहरुको छ । डिभाइडर हटाइएपछि दुर्घटनाको भय र अवरोध हटेको अनुभुति भएको उनीहरुको भनाई छ।

यसअघि डिभाइडरको सहायतामा मनलाग्दी रुपमा सवारी पार्किङ समेत हुने गरेकोमा अब त्यस्तो नहुँने उनीहरुले बताए। धनगढी उपमहानगरपालिकासहित गोदावरी नगरपालिका सडक क्षेत्र भित्रका डिभाइडर हटाउन पहल गर्नुपर्ने स्थानियको भनाई छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सडक लेनको पालना पैदलयात्री तथा सवारीचालक सबैले ट्राफिक नियम अनुसार गर्नुपर्ने बताएको छ । ट्राफिक नियमको पालना गरेमा सडक दुर्घटनामा कमि आउने ट्राफिक प्रहरीले बिश्वास लिएको छ।


२८ भदौ २०८०, बिहीवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु