punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक करोड चोरेर नेपाल आउन लागेका नेपाली पक्राउ

Chaupati
safha napa

भारतमा एक करोड भारु चोरी गरेर नेपाल आउन लागेका ९ जना नेपाली पक्राउ परेका छन्।

कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको लखिमपुर जिल्लाको सम्पूर्णानगरबाट ९ जना चोरीको रकमसहित समातिएका बताइएको छ। उनीहरु सोमवार राति दिल्लीमा चोरी गरेर नेपाल फर्कदै गर्दा मंगलवार राति पक्राउ परेका बताइएको छ।

पक्राउ पर्नेहरुको नाम भने खुलाइएको छैन। भारतीय प्रहरीले पक्राउ गरेकाले उनीहरू बारे विस्तृत विवरण नेपाल प्रहरी र सशस्त्रलाई समेत उपलब्ध गराइएको छैन। सम्र्णानगर क्षेत्रबाट ९ जना नेपाली पक्राउ परेका तर विस्तृत विवरण प्राप्त नभएको सशस्त्र प्रहरी बल सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले बताए।

पक्राउ पर्नेमा बझाङ बाजुरा र अछाम जिल्लाका व्यक्ति रहेको भन्ने सुन्नमा आएको तर आधिकारिक पुष्टि भने नभएको डिआइजी न्यौपानेले बताए।

 


२८ भदौ २०८०, बिहीवार १२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु