बैतडीबाट महेन्द्रनगर आउँदै गरेको जिप पुरचौडीमा दुर्घटना
बैतडीमा जिप दुर्घटना भएको छ।
आज विहान जिल्लाको पुरचौडी नगरपालिका खालाबाटबाट महेन्द्रनगरका लागि छुटेको जिप हड्फोडमा दुर्घटना भएको हो। म १ ज ६६११ नम्बरको जिप पल्टिएको स्थानीय सुरेन्द्र भट्टले बताएका छन्।
उनका अनुसार तीन जना यात्रु सवार जिप पल्टिएको हो। आफुहरु जिपबाट उत्रिएपछि मात्र जिप पल्टिएकाले कुनै मानवीय क्षति नभएको उनले बताए। जिप सडकमै पल्टिएको हो।
२८ भदौ २०८०, बिहीवार १२:०५ बजे प्रकाशित






























