punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदुरपश्चिममा दुई दशक देखि वन रक्षक एकै ठाउँमा, तीन सय कर्मचारीलाई सरुवा गर्न मापदण्ड तयार

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले अधिकांश वन रक्षकहरू एकै ठाउँमा बस्दा काम प्रभावकारी नभएको बताएको छ। सुदूरपश्चिम प्रदेशमा श्रेणी विहीन र तह विहीन केही कर्मचारीहरू दुई दशक देखि एकै ठाउँमा बस्दा काम प्रभावकारी नभएको मन्त्रालयले बताएको हो।

करिब दुई दशक देखी एकै स्थानमा बसेका सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतका कर्मचारीहरूलाई मन्त्रालयले सरुवा गर्ने तयारी गरेको छ ।आठौँ स्तर सम्मका कर्मचारीहरूलाई मन्त्रालय आफैले सरुवा गर्न मन्त्रालय र मातहतका निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी मापदण्ड २०८० तयार गरेको जनाएको छ।

अन्य कर्मचारीहरूलाई पनि विधि अनुसार सरुवा गराउन मापदण्ड पारित गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले बताए। उनले यसै मसान्त भित्र करिब ३ सय कर्मचारीलाई मापदण्ड अनुसार सरुवा गर्ने बताएका छन्। उक्त मापदण्ड अनुसार नवौँ र दशौँको सरुवा प्रत्येक वर्षको श्रावण १ गते देखी श्रावण मसान्त सम्ममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले गर्ने उल्लेख गरिएको छ।

अधिकृत स्तर आठौँ तह सम्मका कर्मचारीलाई प्रत्येक वर्षको भाद्र १ गते देखी भाद्र मसान्त सम्म मन्त्रलालले सरुवा गर्ने र आन्तरिक सरुवा असोज मसान्त भित्रै गर्ने उल्लेख छ ।कर्मचारी सरुवाको लागि मन्त्रालयले जिल्लालाई समेत वर्गीकरण गरेको छ। बझाङ, बाजुरा र दार्चुलालाई क वर्गमा राखिएको छ। बैतडी र अछामलाई ख, डडेल्धुरा र डोटीलाई ग र कैलाली कञ्चनपुरलाई घ वर्गमा राखिएको छ।

मन्त्रालयले बनाएको मापदण्डमा सहायक स्तर पाँचौँ र सोभन्दा माथिल्लो तहका कर्मचारीहरू गर्दा क वा ख वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा डेढ वर्षको अवधि काम गरेको कर्मचारीलाई घ वा ग वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको लागि त्यस्तै घ वा ग वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई क वा ख वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा डेढ वर्षको लागि सरुवा गरिने उल्लेख छ । सहायक स्तरको चौथो रा.प.अनं. दृद्धिय श्रेणीको कर्मचारीको हकमा निरन्तर एउटै कार्यालयमा कम्तीमा ३ वर्षसम्म काम गरेको भएका कम्तीमा जिल्ला परिवर्तन हुने गरि सरुवा गर्ने मापदण्ड तयार गरिएको छ। श्रेणी विहीन र तह विहीन कर्मचारीहरूलाई ५ बर्ष सम्म एउटै कार्यालयमा काम गरिरहेको अवस्थामा कार्यालय परिवर्तन गर्ने नीति लिइएको छ ।


२६ भदौ २०८०, मंगलवार १६:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु