मधेश प्रदेशकी सांसद बिन्दु यादवको निधन
मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान निधन भएको हो । महोत्तरी घर भएकी उनलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।
सांसद यादवको निधनमा जसपाका नेताहरूले दुख व्यक्त गरेका छन् ।
२६ भदौ २०८०, मंगलवार १३:४३ बजे प्रकाशित































