punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा एक समुहद्धारा २ युवकमाथि कुटपिट

Chaupati
safha napa

बाजुरामा एक समुहले २ जना युवकमाथि कुटपिट गरेको छ। बाजुराको बुढीगंगा नगरपालिका-६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बाजुराको खप्तड छेडेदह गाउँपालिकास्थित छेडेदह तालमा लगेर खुकुरी, नक, काठले कुटपिट गरेको आफन्तले बताएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहराले कृष्ण जन्माष्टमीको दिन झगडा भएको बताए। सो घटनाका एक जनालाई नियन्त्रणमा लिएको र संलग्नको खोजी कार्य भैरहेको बताए ।

घाइते दुबै जनाको अहिले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।घाइतेहरुका अनुसार त्यो दिन पहिला सामान्य झगडा भएकोमा पछि १०र१२ जनाको समूहले कुटपिट गरेको थियो । प्रहरीले कुटपिटको घटनालाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको भन्दै मुद्दा कमजोर बनाएको आफन्तले आरोप लगाएका छन्। अहिलेसम्म कुटपिट संलग्नलाई पक्राउ नगरेको भन्दै आफन्तले प्रहरीकै भूमिका पनि शंकास्पद रहेको बताएका छन्।

 


२५ भदौ २०८०, सोमवार १३:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु