दार्चुलाको शैल्यशिखरका एक वडा सचिव बैतडीमा मृत फेला
दार्चुलाको शैल्यशिखर नगरपालिका-२ का वडा सचिव खेमराज कपाडी मृत अवस्थामा फेला परेका छन् । २८ वर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका-५ सल्सेनामा मृत भेटिएका प्रहरीले बताएको छ ।
हिजो बिहान तालिमका लागि मोटरसाइकलमा डडेल्धुरा हिँडेका कपाडीको शव आज सडकबाट २ सय मिटर र मोटरसाइकल १५० मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
कपाडीको मोटरसाइकललाई ठुलो गाडीले ठक्कर दिएको आशंका गरिएको छ ।
२५ भदौ २०८०, सोमवार १५:०३ बजे प्रकाशित































