punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माइतीघर जान्छु भनेर हिडेकी बझाङकी एक महिला बेपत्ता

Chaupati
safha napa

बझाङकी एक महिला दुई हप्तादेखि बेपत्ता भएकी छिन्।

बझाङको मष्टा गाउँपालिका–५ द्वारीकी मिना बुढा यहीँ भदौ ७ गतेदेखि बेपत्ता भएकी हुन्। मिना यही भदौ ७ गते बिहान घरबाट मष्टा गाउँपालिका वडा नम्बर–३ सेरागाउँमा रहेको माइतीघर जान्छु भनेर घरबाट हिडेकी थिइन्।

केही दिनमा घर नफर्किएपछि र्माइतीघरमा सम्पर्क गर्दा उता नआएको भन्ने बुझिएको भतिजो नाता पर्ने सुन्दर बुढाले बताए। आफन्तसहित सबै ठाउँमा लगातार खोजी गर्दा समेत नभेटेपछि जिल्ला प्रहरी कार्यलय बझाङमा समेत खोजी गरिदिन माग गर्दै निवेदन दिएको परिवारिक स्रोतले जनाएको छ।

बेपत्ता महिलाका दुई छोरा र दुई छोरी छन्। कसैले उनलाई कतै भेटे वा देखेमा नजिकैको प्रहरी अथवा ९८४३३३२७८५ र ९८२२११०६३६ मा सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन्।


२५ भदौ २०८०, सोमवार १२:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु