punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशमा सत्ता पक्षका संसदीय दलका नेताहरूले प्रयोग गरिरहेको गाडी तीन दिन भित्र फिर्ता माग्न

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा सत्ता पक्षका संसदीय दलका नेताहरूले प्रयोग गरिरहेको गाडी तीन दिन भित्र फिर्ता माग्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।आज बसेको विषयगत समितिको बैठकले प्रदेश सभा सचिवालयलाई माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी दलका नेता दीर्घ सोडारी र नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरीले प्रयोग गरिरहेको गाडी तीन दिन भित्र फिर्ता माग्न निर्देशन दिने निर्णय गरेको हो ।

यस अघि सार्वजनिक लेखा समितिले उनीहरूले लिइरहेको गाडी सुविधा बारे प्रदेश सभा सचिवालयसँग जवाफ मागेको थियो । प्रदेश सभा सचिवालयले भने मूल ऐनमा सुविधा भएर पनि अनुसूचीमा नभएको जवाफ दिएको थियो । जवाफमा गाडी प्रदेश सभा सचिवालयमा राख्दा बिग्रन सक्ने भएको हुँदा उनीहरूलाई दिएको उल्लेख गरिएको थियो । आज समितिले प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटी सम्म पनि जवाफ चित्त बुझ्दो नभएको भन्दै पुन बयान लिएको थियो ।

समितिले तीन दिन भित्र तीन दलका नेताले प्रयोग गर्ने गरेको गाडी फिर्ता माग्ने निर्णय भएको ज्येष्ठ सदस्य विक्रमसिंह धामीले जानकारी दिए । समितिले संसदीय दलका नेताले गाडी प्रयोग गर्दा भएको खर्चको विवरण समेत पेश गर्न निर्देशन दिएको समितिका सदस्य वीर बहादुर थापाले जानकारी दिए ।

‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ मा सत्ता पक्षका संसदीय दलका नेतालाई गाडी सुविधा दिने बारे प्रस्ट उल्लेख नहुँदा पनि लामो समय देखी सत्तारुढ दलका नेताले गाडी प्रयोग गरिरहेका थिए । अहिले सत्ता पक्षको नेतृत्व गरेको कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री छन् । त्यस बाहेक अन्यले प्रयोग गर्ने गाडी सुविधा बारे ऐन र अनुसूची बाझिएको छ ।

 


२१ भदौ २०८०, बिहीवार १६:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु