punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निजामती सेवा दिवसमा सुदूरपश्चिमका १७ कर्मचारी पुरस्कृत

Chaupati
safha napa

निजामती सेवा दिवसमा सुदूरपश्चिमका १७ जना कर्मचारी पुरस्कृत भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले उत्कृष्ट काम गरेका कर्मचारीलाई दिवसको अवसरमा पुरस्कृत गरेको हो।

पुरस्कृत हुने कर्मचारीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याव टेक्निसियन कृष्ण गौतम, कैलाली जिल्ला अदालतकी कार्यालय सहयोगी धौली केसी, स्वास्थ्य कार्यालय कैलालीका पब्लिक हेल्थ नर्स निरीक्षक आशा थापा, हेभी इक्युपमेन्ट डिभिजन कार्यालय गोवादरीका मेकानिक प्रेम सिँह लुहार, जिल्ला हुलाक कार्यालय कैलालीका हल्कारा देवलाल चौधरी रहेका छन्।

यस्तै, आन्तरिक राजश्व कार्यालय कैलालीका टा.ना.सु वासुदेव जोशी, पशु सेवा तालिम केन्द्र धनगढीका अधिकृत गोरखबहादुर खड्का, जिल्ला प्रशासन कार्यालय कैलालीका ना.सु. टिकेन्द्र प्रसाद भट्ट, प्रदेश निर्वाचन कार्यालयका ना.सु.खेमराज भट्ट, सामाजिक विकास कार्यालय बझाङका शाखा अधिकृत विरबहादुर धामी, कृषि ज्ञान केन्द्र दार्चुलाका अधिकृत चन्द्रबहादुर ठगुन्ना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका कम्प्युटर अधिकृत जयबहादुर मल्ल, आन्तरिक मामिला तथा कानून मन्त्रालय, धनगढीका कानून अधिकृत लक्ष्मण प्रसाद जोशी, आर्थिक मामिला मन्त्रालयका कम्प्युटर अधिकृत ललिता देउपाल, डिभिजन वन कार्यालय डडेल्धुराका फरेष्टर खगेन्द्र राज पाध्या र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कार्यालय सहयोगी योगेन्द्रबहादुर ऐर पुरस्कृत भएका हुन्।

उनीहरुलाई मुख्यमन्त्री कमलबहादुर शाहीले नगद, दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका छन्। धनगढीमा शुक्रवार सुदूरपश्चिम प्रदेश सरकार र संघीय सरकार मातहतका कार्यालयहरुले संयुक्त रुपमा निजामती सेवा दिवस मनाएका छन्।

 


२२ भदौ २०८०, शुक्रवार १२:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु