punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा

Chaupati
safha napa

अष्ट्रेलियाले आगमी महिना भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने टोली घोषणा गरेको छ।

विश्व चर्चित अलराउन्डरको बाहुल्यता भएको सर्वाधिक सफल टोली अष्ट्रेलियाले १५ सदस्यीय टोली घोषणा गरेको हो।

प्याट कमिन्सले कप्तानी गर्ने टोलीमा मिचेल मार्श, मार्कस स्टोइनिस, क्यामरन ग्रीन, ग्लेन म्याक्सवेल, एश्टन अगर र शन एबोट जस्ता म्याच विनर अलराउन्डरलाई टोलीमा समावेस गरेको छ।आइसिसीले कुनैपनि विश्वकप खेल्ने टोलीले टिम परिवर्तन गर्न चाहे २८ सेप्टेम्बर सम्मको समय दिएको छ।

आठ ओडिआई खेलको प्रदर्शनपछि अष्ट्रेलियाले टोलीमा फेरबदल गर्न सक्नेछ। अष्ट्रेलियाले विश्वकपमा पहिलो खेल भारतसँग ८ अक्टोबरमा खेल्दै सुरुवात गर्नेछ।

अष्ट्रेलियाको विश्वकप खेल्ने टोली

प्याट कमिन्स कप्तान०, शन एबोट, एश्टन अगर, एलेक्स केरी, क्यामरन ग्रीन, जोश हेजलवुड, ट्रविस हेड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेविड वार्नर र एडम जाम्पा।


२० भदौ २०८०, बुधवार १३:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु