punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उरै नाका खोल्न व्यवसायीको अनुरोध

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा बझाङको उरै नाका पुनः सञ्चालनमा ल्याउने विषयलाई एजेन्डामा समावेश गर्न सुदूरपश्चिमका व्यवसायीले अनुरोध गरेका छन् ।

नेपाल उद्योग वाणिज्य सङ्घ सुदूरपश्चिम प्रदेशसहित उद्योग, पर्यटन, होटललगायत क्षेत्रका व्यवसायीले उरै नाका सञ्चालनमा ल्याउन चीनसँग कूटनीतिक पहल गरिनुपर्ने बताएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाउँदै आवश्यक पहल गरिदिन व्यवसायीले आग्रहसमेत गरेका छन् ।

छिमेकी मुलुक चीनसँग जोडिएको उरै व्यापारिक नाका खोल्न सकेमा उद्योग, पर्यटन तथा व्यापारका माध्यमबाट यस प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने व्यवसायीको अपेक्षा छ । रेशम मार्गको मुख्य शाखाका रूपमा रहेको उरै नाकामार्फत करिब एक हजार वर्षदेखि व्यापारिक र धार्मिक गतिविधि हुँदै आएकोमा कोरोनापछि चीन सरकारले यो नाकाबाट प्रवेश निषेध गरेको थियो ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा०का प्रदेश अध्यक्ष पदमविक्रम सिंहका अनुसार नाका बन्द हुँदा यस क्षेत्रको परम्परागत व्यापारिक, धार्मिक गतिविधि, सीमा क्षेत्रका बासिन्दाको दैनिक गतिविधि र पारस्परिक सम्बन्धहरू प्रभावित भएका छन् ।

भारतको राजधानी नयाँ दिल्लीलाई चीनको तिब्बतसँग छोटो दुरीमा जोड्न सक्ने उरै नाका सञ्चालन हुन सकेमा सुदूरपश्चिम प्रदेशको मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा नै महत्त्वपूर्ण योगदान पुग्ने व्यवसायीको धारणा छ । उनीहरूले त्रिदेशीय उरै नाका खुलाउनुपर्ने माग राख्दै आएका छन् । मुख्यमन्त्री शाहले आफूले परराष्ट्रमन्त्रीसँगको भेटमा सुदूरपश्चिमबाट चीन जोड्ने बाटो र सुदूरपश्चिमका आयोजनालाई एजेन्डाका रूपमा समेट्न आग्रह गरेको बताए ।


१९ भदौ २०८०, मंगलवार ११:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु