punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ग्यासको मुल्य घटाएको आयल निगमले डिजेल र पेट्रोलको भाउ ह्वात्तै बढायो

Chaupati
safha napa

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल र  डिजेलको मूल्य बढाउने निर्णय गरेको हो।

जसअनुसार पेट्रोलको भाउ प्रतिलिटर ९ रुपैयाँ वृद्धि भएको छ भने डिजेलका साथै मट्टीतेलको भाउ प्रतिलिटर ७ रुपैयाँ बढेको छ।

निगमका अनुसार पेट्रोलको मूल्य तेस्रो वर्गमा १७३, दोस्रो वर्गमा १७२ र पहिलो वर्गमा १७० रुपैयाँ ५० पैसा कायम भएको छ।

यस्तै डिजेल तथा मट्टीतेलको मूल्य तेस्रो वर्गमा १५३, दोस्रो वर्गमा, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५० रुपैयाँ ५० पैसा प्रतिलिटर कायम भएको छ।

निगमले खाना पकाउने ग्यासको भने भाउ घटाएर १६६० कायम गरेको छ। निगमले भारतबाट मूल्य घटबढ भएर आएसँगै स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरेको हो।


१७ साउन २०८०, बुधवार ११:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु