punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको गौरीगङ्गा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

Chaupati
safha napa

धनगढी। कैलालीको गौरीगङ्गा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। शुक्रवार एक समारोहमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो।

नगरपालिकाको भवनमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री झपटबहादुर साउँद, प्रदेश सभा सदस्य जानकी कुँवर, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख खगराज भुसाल, नगरप्रमुख देवीदत्त कँडेल, उपप्रमुख भोजबहादुर बम र स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीको उपस्थितिमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो।

समारोहमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयं सेविकाहरूको उपस्थिति रहेको थियो। पूर्ण खोप सुनिश्चितता घोषणा गर्न नगरपालिकाका १६ देखि ५९ महिनाका ३ हजार ९६ जना बालबालिकालाई खोप लगाइएको छ। शून्यदेखि १५ महिनासम्मका १ हजार ४२५ बालबालिकालाई पनि खोप दिइएको नगरपालिकाले जनाएको छ।

 

नगरपालिकाका ४९ जना बालबालिकालाई विशेष अभियान चालाएर खोप दिएको नगरपालिकाले जनाएको छ। सरकारले १३ रोग विरुद्ध बालबालिकालाई १४ खोप लगाउने गरेको छ। ९५ प्रतिशतभन्दा माथि खोप लगाउने लक्ष्य हासिल भए पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ।

गौरीगङ्गा नगरपालिकामा ३६ खोप केन्द्रबाट यो वर्ष १७ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाइएको छ।


२३ असार २०८०, शनिवार ०८:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु