punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हुलाकी सडक सुस्त गतिमा निर्माण

Chaupati
safha napa

कञ्चनपुरमा हुलाकी सडक सुस्त गतिमा निर्माण भइरहेको छ। झण्डै ६२ किलोमिटर लामो हुलाकी सडक निर्माण कम्पनीको बेवास्ताका कारण निर्माणमा ढिलाइ भएको हो।

ठेक्का सम्झौताको म्याद पटक थपिएको थियो। उक्त म्याद सकिन लागेको छ। ३० महिनामा सक्नुपर्ने हुलाकी सडकको २३.५ किलोमिटर अझै कालोपत्र गर्न बाँकी छ। कञ्चनपुरको डोके बजारदेखि बेदकोटको दैजीसम्मको सो हुलाकी सडक निर्माणको २०७३ फागुनमा सम्झौता भएको थियो।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारका अनुसार पाँचौँ पटक थप भएको म्याद यही असार मसान्तमा सकिँदै छ। तीन प्याकेजमा निर्माण गर्न सम्झौताको पहिलो प्याकेज (डोके बजारदेखि बेलौरीसम्म)२० किलोमिटर सडक सम्पन्न भएको छ। उहाँले विगतमा झै म्याद थपका लागि संशोधन भएर नआए निर्माण व्यवसायीलाई कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिए।

‘यसअघि एक वर्ष म्याद थपिएको हो’, इन्जिनियर सुनारले भने, ‘यस पटक कारबाहीको प्रक्रियामा जाने सम्भावना छ।’ पहिलो प्याकेजको निर्माण ३६ करोड ४७ लाखमा शर्मा–राजेन्द्र जेभीले पाँचौँ पटक थपिएको म्यादभित्र रहेर सम्पन्न गरेको छ। त्यसैगरी बेलौरीदेखि बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ। उक्त कामको जिम्मा रु ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ।

सो प्याकेजको पचुँइ क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न दिएको छैन। त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज ९बेल्डाडी–दैजी० २२ किलोमिटरमध्ये साढे नौ किलोमिटर सडक मात्रै कालोपत्रे भएको इन्जिनियर सुनारले जानकारी दिए। ‘दोस्रो र तेस्रो प्याकेजको काम सक्ने समय असार मसान्तसम्म तोकिएको छ’, उनले भने, ‘ठेक्का सम्झौता भएयता ३८।५ किलोमिटर सडक कालोपत्र भएको छ।’निर्माणाधीन सडकमा पर्ने स्थानीय पालिका र स्थानीयवासीले समयमा निर्माण सक्न पटक–पटक दबाब दिए पनि सुनुवाइ भएन।

यहाँको बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विषराम राना निर्माण कम्पनीको ढिलासुस्तीले सडक नबनेको बताए। ‘हरेक दिन स्थानीयले सडक निर्माणबारे वडामा आएर ताकेता गर्दैआएका छन्’, उनले भने, ‘सडक बनाउन सामग्री थुपारेको छ, निर्माणमा चासो दिएको छैन।” उहाँले पचुँइ गाउँको सडक लामो समयदेखि आफ्नै भूमिमा पर्ने र सोहीअनुसार प्रयोग गरेपनि भारतीय पक्षले एक हजार दुई सय मिटर सडक बनाउन रोकेको बताए। ‘रोकिएको सडक निर्माण गर्न भारतीय पक्षसित छलफल चलाउनुपर्छ’, वडाध्यक्ष रानाले भने। सो क्षेत्रमा भारतले बिजुलीका पोलसमेत गाड्न दिएको छैन।


२२ असार २०८०, शुक्रवार १४:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु