punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा लागुऔषधसहित ४ जना युवा पक्राउ

Chaupati
safha napa

कैलालीमा लागुऔषधसहित ४ जना युवा पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट ६३० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–७ का २८ वर्षीय विनोद पुनमगर र गोदावरी–२ का १८ वर्षीय विरेन्द्र बिष्टलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले शंकालागि चेकजाँचगर्दा उनीहरुको साथबाट लागुऔषध फेलापारी से २ प १६३८ नम्बरको मोटरसाईकलसहित उनीहरुलाई पक्राउ गरेको हो। धनगढी–३ बाटै ८०० मिलिग्राम लागुऔषधसहित धनगढी–२ का २७ वर्षीय रोहित बुढाथापालाई पक्राउ गरिएको छ।

यस्तै गोदावरी नगरपालिका–१ धनगढी रोडमा गेटा–५ का २८ वर्षीय दिपेन्द्र अवस्थीलाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिइएको प्रहरी टोलीले शंका लागि चेकजाँचगर्दा उनको साथबाट लागुऔषध फेलापारी पक्राउ गरिएको हो।

 


२२ असार २०८०, शुक्रवार १२:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु