punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा फोहोर बोक्ने गाडीमा जिपीएस जडान, मोबाइलबाटै ‘नोटिफिकेसन’

Chaupati
safha napa

धनगढी उप–महानगरपालिकाले फोहोर बोक्ने गाडीमा जिपीएस जडान गरेको छ। धनगढी उपमहानगरपालिकाले फोहोर बोक्ने दुईवटा गाडीमा जिपीएस जडान गरेको हो। फोहोर बोक्ने गाडी रहेको क्षेत्र पत्ता लगाउन जिपीएस जडान गरिएको उपमहानगरपालिकाले जनाएको छ।

धनगढी उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन तथा सरसफाई शाखा प्रमुख अशोक अवस्थीले से २ च ३७१० र से १ त ७३९४ नम्बरका ट्याक्टरमा जिपीएस जडान गरिएको बताए। पहिला उपमहानगरपालिकाले मात्र गाडी रहेको क्षेत्र हेर्न सक्ने भए पनि अहिले नागरिकले समेत हेर्न पाउने अवस्थीले बताए।

धनगढी उप–महानगरपालिकाले नगरमा फोहोर बोक्ने गाडीमा जीपीएस जडान गरेको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख गोपाल हमालले बताए। उनका अनुसार उपमहानगरपालिकाको तर्फबाट दुईओटा ट्राक्टरमा जीपीएस जडान गरिएको छ। फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन ‘समाजका लागि युवा’ संस्थासँगको सहकार्यमा उपमहानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको हो।

एप मार्फत नगरवासीले सहजै फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर थाहा पाउन सक्ने व्यवस्था समेत मिलाइएको छ। साथै सो गाडी घर नजिकै पुग्दा उक्त एपले नगराबासीको मोबाइलमा नोटिफिकेसन पठाउनेछ। प्रविधि प्रभावकारी भएमा फोहरमैला संकलन गर्ने अन्य गाडीहरुमा उक्त प्रविधि जडान गरिने हमालले बताए।

 


१७ असार २०८०, आइतवार १६:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु