बैतडीमा लडेर ५ वर्षीया बालिकाको मृत्यु

विद्यालयको छुट्टी भएर घर फर्किने बेला लडेर सोमबार एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका-१ को माणौ टोलकी हेमन्ती धामी रहेकी छन्।

स्थानीय पञ्चोदय माविमा कक्षा १ मा अध्यनरत धामी विद्यालयबाट घर फर्कने क्रममा सोमबार ४ बजेतिर गडान भन्ने ठाउँमा लडेर मृत्यु भएको उक्त विद्यालयका प्रधानाध्यापक मान सिंह धामीले जानकारी दिए।


५ असार २०८०, मंगलवार ०८:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु