punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीको अभिव्यक्तिले भारतमा नेपालीमाथि दुर्व्यवहार

Chaupati
safha napa

काठमाडौं, साउन २। प्रधानमन्त्री केपी शर्मा ओलीले भागवान रामको जन्मस्थानबारे दिएको अभिव्यक्तिले भारतमा रहेका नेपालीले दुर्व्यवहार भोग्नु परेको  छ । भारतको वाराणसीमा एक नेपालीलाई बिश्व हिन्दु सेनाले कपाल मुन्डन गरेर दुर्व्यवहार गरेको छ ।

प्रधानमन्त्री ओलीले भानु जयन्तीका दिन एक रामको जन्मस्थल र उनी भारतवंशी भएकोमा प्रश्न उठाउँदै रामको जन्म नेपालमा भएको दाबी गरेका थिए ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र वाराणसीमा विश्व हिन्दू सेना नामक संगठनले नेपाली युवकको कपाल मुन्डन गरेर टाउकोमा जय श्रीराम लेखेका छन् ।

यति मात्र होइन, उनीहरुले ती युवकलाई आफ्नो संगठन र भारतको समर्थनमा नारा लगाउन लगाएका छन् भने प्रधानमन्त्री ओलीको विरुद्ध नाराबाजी गर्न पनि लगाएका छन् । विश्व हिन्दू सेनाले यस घटनाको भिडियो बनाएर र सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

भारतीय संचार मध्यमका अनुसार उक्त भिडियो भाइरल भएपछि प्रहरीले संगठनका अध्यक्ष र उक्त कार्यमा संलग्नहरुविरुद्ध एफआईआर दर्ता गरेर पक्राउ गर्न खोजी सुरु गरेको छ । ती नेपाली युवकको परिचय भने भारतीय सञ्चारमाध्यममा खुलाइएको छैन ।


२ साउन २०७७, शुक्रवार ०७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु