punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्‍चनपुरमा भित्रियो सलह

Chaupati
safha napa

 

महेन्द्रनगर, साउन २। कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासबाट सलह महेन्द्रनगर भित्रिएको छ ।
बिहीबार साँझ पुनर्वास नगरपालिका १० मा देखिएको सलहको झुण्ड शुक्रबार कृष्णपुर नगरपालिका,शुक्लाफाँटा नगरपालिकाहुँदै बेदकोट नगरपालिका प्रवेश गरेको छ । दक्षिणी क्षेत्रबाट प्रवेश गरेको झुण्ड महेन्द्रनगर सदरमुकाम तर्फ आउँदैछ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले पुनर्वासमा देखिएको सलहको झुण्ड बेदकोट नगरपालिकाका पुगेको बताए ।’हामी सलहको झुण्डलाई पिछा गरिरहेका छौं, ‘भट्टले भने, ‘कृर्षि ज्ञान केन्द्रका प्राविधिकले केही ठाउँमा विषादी छरीरहेका छन् हामी किसानसँगै सलह भगाउँदैछौं।’

अहिले सलहको झुण्ड बेदकोट नगरपालिका-९ स्थीत नयाँ गाउँमा प्रवेश गरेको उनको भनाइ छ ।भारतको गौरीफण्टा क्षेत्रबाट सलह नेपाल प्रवेश गरेको हो । ‘केही स्थानमा रुखका पात खाएको छ, अन्नबालीमा क्षति गरेको छैन, ‘उनले भने, ‘किसानले सलह आकाशमै छँदा थाल ठटाएर र धूँवा निकालेर धपाउन सफल भएका छन्।’

सलह नियन्त्रणका लागि स्थानीय तहका कृषि शाखाका प्राविधिकलाई तयारी अवस्थामा बस्न आग्रह गरेको कृर्षि ज्ञान केन्द्रले जनाएको छ ।


२ साउन २०७७, शुक्रवार ०८:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु