punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कास्कीको माछापुच्छ्रेमा पहिरो खस्यो, एक परिवारका तीन बालबालिकाको मृत्यु

Chaupati
safha napa

कास्की, साउन २ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा वडा नम्बर ८ खोराकोमुखमा आज बिहानै पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ ।

खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बगाएको छ भने उनका तीन जना नातिनातिनाको मृत्यु भएको हो । पौने ६ बजेतिर पहिरोले घर बगाउँदा प्रेमराजका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका थिए । घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।उनका अनुसार प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठसहितको टोलीले घटनास्थलको अवलोकन गरेको छ । घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किमीको दूरीमा पर्दछ ।


२ साउन २०७७, शुक्रवार ०४:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु