punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेशमको आममाफीमा जनमाेर्चाले सम्झायो रविको राहदानी प्रकरण

Chaupati
safha napa

टिकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीलाई आममाफी आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग राष्ट्रिय जनमोर्चाले माग गरेको छ । सर्वोच्च अदालतले चौधरीलाई तोकेको सर्वस्वसहितको जन्मकैदलाई आममाफी दिन लागेको भन्दै जनमोर्चाले भर्त्सना गरेको हो ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा यो प्रक्रियालाई आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक सौदाबाजी मात्र भएको ठहर गरिएको छ । विज्ञप्तिमा भनिएको छ,‘टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिई कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी मात्र हो ।’

केसीले यो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरण पनि स्मरण गराएका छन् । उनले भनेका छन्, ‘विगतमा सरकारले रवि लामिछानेको राहदानी प्रकरणमा राजनीतिक सौदाबाजी गरेर मुद्दा नचल्ने निर्णय गरेको थियो । तर त्यो सौदाबाजी सरकारलाई कति महँगो भयो रु प्रष्ट छ । टिकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने छ । जसको परिणाम मुलुकमा कानुनको शासन नभएर अराजकता र दण्डहीनता मौलाउने छ । त्यसैले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गर्दछौँ ।


१२ जेठ २०८०, शुक्रवार १०:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु