आईपीएल : फाइनल प्रवेशका लागि गुजरात र मुम्बई खेल्दै
जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आज अन्तिम क्वालीफायर खेल हुँदैछ । नरेन्द्र मोदी क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेलमा फाइनल प्रवेशका लागि गुजरात टाईटन्स र मुम्बई इन्डियन्स भिड्दै छन् ।
खेल नेपाली समयानुसार साँझ पौने ८ बजे हुनेछ ।
साबिक विजेता गुजरात मुम्बईलाई पराजितगरी लगातार दोस्रो पटक फाइनल पुग्ने योजनामा भने मुम्बई पनि गुजरातलाई पराजितगरी सातौं पटक फाइनल प्रवेशको सोचमा छ ।
दोस्रो क्वालिफायर खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।
गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गरेको चेन्नईले फाइनलमा स्थान बनाइसकेको छ ।
१२ जेठ २०८०, शुक्रवार ०९:२७ बजे प्रकाशित






























