डिल्लीबजार कारागारमा रेशम चौधरीले बोलाए नागरिक उन्मुक्ति पार्टीको बैठक
नागरिक उन्मुक्ति पार्टीको बैठक डिल्लीबजार कारागारमा बसेको छ । सर्वोच्च अदालतले जन्मकैद सदर गरेपछि रेशम चौधरीले पार्टीका नेताहरूलाई कारागारमै बोलाएर छलफल थालेका हुन् ।
कैलालीको टिकापुरमा २०७२ सालमा भएको घटनामा रेशमलाई सफाइ दिन सर्वोच्च अदालतले अस्वीकार गरेपछि आज नागरिक उन्मुक्ति पार्टीका पदाधिकारी डिल्लीबजारस्थित कारागार पुगेर छलफल गरिरहेका छन् ।
सत्ता साझेदार दलको रूपमा रहेको नागरिक उन्मुक्ति पार्टी सरकारमा रहने या नरहने भन्ने विषयमा अहिले छलफल भइरहेको बताइएको छ ।
उच्च अदालत दिपायलले टीकापुर घटनामा दोषी ठहर गर्दै रेशमलाई जन्मकैद हुने फैसला सर्वोच्च अदालतले सदर गरेको हो ।
३ जेठ २०८०, बुधवार ११:४८ बजे प्रकाशित































