punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालको ४० मेगावाटसम्म बिजुली बंगलादेशले किन्ने

Chaupati
safha napa

नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्ने बाटो खुलेको छ। वैशाख २ गते ९मंगलबार० बसेको नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ५औँ बैठकमा बंगलादेश नेपालको ५० मेगावाटसम्म बिजुली किन्न सहमत भएको हो।

नेपालमा उत्पादित विद्युत बंगलादेश निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी, विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको छ।

बैठक नेपालका तर्फबाट ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र बंगलादेशबाट विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानको सहअध्यक्षतामा बंगलादेशको पतुवाखलीमा बैठक सम्पन्न भएको हो।

यसैगरी ३ जलविद्युत आयोजनाको निर्माण र विकास गर्नको लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच ६ महिनाभित्र संयुक्त उपक्रममा हस्ताक्षर गर्ने सहमति पनि बैठकले गरेको छ।

अन्तरदेशीय प्रशारण लाइनका सम्भाव्य विकल्पहरुको अध्ययन गरी ६ महिनाभित्र प्रतिवेदन पेश गर्न विद्युत प्रशारण लाइनसम्बन्धी संयुक्त प्राविधिक टोलीलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ।

यस्तै नेपालको जलविद्युत क्षेत्रमा लगानीको लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न सहजीकरण गर्ने, वैकल्पिक ऊर्जाको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बंगलादेशबीच सहकार्यको लागि तयार गरिएको समझदारी पत्रको मस्यौदामा आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने सहमति पनि भएको छ।

यसैगरी नेपाल, बंगलादेश र भारतबीच विद्युत व्यापार, अन्तरदेशीय प्रशारण लाइन निर्माणलगायत विद्युत क्षेत्रमा सहकार्य गर्नका लागि उच्चस्तरीय त्रिपक्षीय प्रशासनिक संयन्त्र स्थापना गर्न दुवै पक्षबाट पहल गर्ने छलफल बैठकमा भएको जानकारी ऊर्जा तथा सिंचाइँ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले जानकारी दिए।

 


३ जेठ २०८०, बुधवार ११:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु