punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मलेसियामा दौडको उपाधि जितिन्, नेपालको झन्डा फहराइन्

Chaupati
safha napa

मलेसियामा सम्पन्न ५० किलोमिटर दौड प्रतियोगिताको उपाधि नेपाली युवतीले जितेकी छन्।

एसिया ट्रेल मास्टरद्वारा आयोजित कोबोई मलाया क्लासिक महिला दौडमा धादिङको धुनिबेँसी नगरपालिकाकी रशिला तामाङ विजयी भएकी हुन्।

निर्धारित दूरी ५ घण्टा ८ मिनेट ३२ सेकेन्डमा पूरा गर्दै उनले उपाधी जितेकी हुन्।

रशिला टिम टी एट नेपाल र टी एट ग्लोबलका तर्फबाट उक्त दौड प्रतियोगितामा सहभागी भएका हुन्।

रशिलाले यसअघि युरोपको दौडमा पनि स्वर्ण जितेकी थिइन्।

 


१ जेठ २०८०, सोमवार ०८:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु