punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गृहमन्त्री श्रेष्ठको एक्सन : दोहोरिएला भारतको अमित शाह र पी चिदम्बरम प्रकरण ?

Chaupati
safha napa

सन २०१९ अगस्ट २१ मा पी भारतमा पी चिदम्बरम पक्राउ परे। भ्रष्टाचारको आरोपमा पक्राउ परेका चिदम्बरम भारतको सेन्ट्रल ब्युरो अफ इन्भेस्टीगेसन ९सीबीआई०बाट पक्राउ परेका थिए । उनी पक्राउ भएको १०६ दिनसम्म थुनामा परे। त्यसपछि उनी तारिफमा थुनामुक्त भए।

भारतका पूर्वअर्थमन्त्री भनेर चिदम्बरम पक्राउको व्यापक चर्चा भयो। विश्वभर त्यही लाइनमा समाचार बने। तर, खासमा चिदम्बरम पक्राउको जरा उनी गृहमन्त्री भएको घटनासँग जोडिन्छ । र त्यसमा पनि गुजरात सरकारका तत्कालीन गृहमन्त्री अमित साहलाई पक्राउ गरेको घटनासँग जोडिन्छ।

अमित साहलाई सन २०१० जुलाई २५ मा पक्राउ गरेको पनि भारतको सीबीआईले नै थियो।

साहलाई सन २००५ को एक हत्याको आरोपमा पक्राउ गरिएको थियो । गृहमन्त्री हुँदा भएको भनिएको फेक इन्काउन्टरको आरोपमा साह पक्राउ परेका थिए । ४६ वर्षका साह ८५ दिन जेल बसेर तारिखमा निस्किएका थिए ।

र, त्यो सीबीआईको सर्वोच्च नेतृत्व गर्ने गृह मन्त्रालय हाँक्ने गृहमन्त्री थिए चिदम्बरम। ९ वर्ष अगाडि आफूलाई पक्राउ गर्न भूमिका खेलेका चिदम्बरमलाई साहले आफू संघ सरकारको गृहमन्त्री भएपछि बदला लिएर भ्रष्टाचार मुद्दामा पक्राउ गरे। ७४ वर्षका चिदम्बरमलाई उनले थुनामा हाल्न सक्रियता देखाए। आफूलाई ९५ दिन थुनेको भन्दा ११ दिन धेरै चिदम्बरमलाई थुने साहले। भारतका गृहमन्त्रीहरूको यो बहुचर्चित जेल हालाहालले अहिले पनि बजारमा चर्चा पाउने गरेको छ।

२७ गते पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् भने ३१ गते पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी । यो पक्राउसँगै भारतको अमित साह र पिचिदम्बरम प्रकरणको एक झल्को आएको छ।

भारतमा जस्तै नेपालमा पनि नारायणकाजीबाट पक्राउ परेका पूर्व गृहमन्त्री खाण वा रायमाझीले आफू सत्तामा आएपछि नारायणकाजीलाई पक्राउ गर्लान् वा नगर्लान् रु यो बारेमा सहज उत्तर छैन। किनभने खाणलाई आन्तरिक पार्टी राजनीति र अरू काण्डका कारणले पुनः सत्तामा आउने वातावरण हुन्छ वा हुन्न भन्न सकिन्न। यत्ति चैँ भन्न सकिन्छ( भारतमा जस्तै एकले अर्कोलाई पक्राउ गरेमा नागरिक तहमा भने खुशी छाउनेछ।

‘सानालाई ऐन, ठुलालाई चैन’ भन्ने नेपाली राष्ट्रिय मानक भत्किने भएकोले पनि नेपालीहरू ‘ठूलो माछा’ पक्राउ जे कारणले भएपनि सकारात्मक हुनेछन् । नागरिक मात्रै होइन पार्टीका इमानदार नेता कार्यकर्ता पनि खुशी हुनेछन् ।

खाण पक्राउमा इमानदार कांग्रेस नेता कार्यकर्ताको समर्थनदेखि टोपबहादुर रायमाझीको एमालेले गरेको कारबाहीमा एमाले नेता कार्यकर्ता पंक्तिको सोलोडोलो समर्थनले यसबारेमा संकेत दिएको छ।


१ जेठ २०८०, सोमवार ०७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु