punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राप्रपा केन्द्रीय समितिको बैठक आजदेखि शुरू हुँदै,यस्ता छन् एजेन्डा

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को केन्द्रीय समितिको पूर्ण बैठक आज सोमवारदेखि शुरू हुँदैछ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू हुने बैठक जेठ ३ गतेसम्म चल्नेछ ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका सांगठनिक गतिविधि सहितको रिपोर्टिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने जनाइएको छ ।

बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको संगठनको रणनीति र कार्यनीति सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

बैठकमा पेश हुने प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने तथा बैठकले पार्टीको आगामी कार्ययोजना र कार्यदिशाबारे आफ्नो धारणा बनाउने राप्रपाले जनाएको छ ।


१ जेठ २०८०, सोमवार ०७:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु