धनगढीको एक खाद्य गोदाममा आगलागी, झन्डै ६ करोडको क्षति
कैलालीको धनगढीस्थित एक खाद्य गोदाममा आगलागी भएको छ ।शनिबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी ९दक्षिणकाली मार्ग० स्थित पिपि ट्रेडर्सको गोदाममा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कृष्णदत्त पाण्डेले सञ्चालन गरेको स्टोरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको खुलेको छ ।
आगलागीबाट गोदाममा रहेका चामल, भुजा, खाने तेल, फ्रुटी, चिउरा, चाउचाउलगायतका खाद्य सामान र गोदाम पूर्ण रुपम नष्ट भएको छ । आगलागीबाट झन्डै ६ करोडको क्षति भएको सञ्चालक भट्टलाई उद्धृत गर्दै प्रहरीले बतायो ।
धनगढी उपमहानगरपालिकाको दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
३१ वैशाख २०८०, आइतवार १४:२४ बजे प्रकाशित






























