punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

युक्रेन युद्ध : कीभमा मध्यरातपछि रसियाको ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमण

Chaupati
safha napa

रसियाले युक्रेनमा हालसम्मकै ‘ठूलो’ ड्रोन हमला गरेको छ। रसियाले गरेको ड्रोन तथा मिसाइल आक्रमणपछि युक्रेनभर हवाई हमलाको ‘साइरन’ बजेको बीबीसीले उल्लेख गरेको छ।

युक्रेनको राजधानी कीभमा रातभर विस्फोटको आवाज सुनिएको बताइएको छ। त्यहाँका मेयरका अनुसार ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमणमा पाँच जना घाइते भएका छन्।

दक्षिणी ओडेसा क्षेत्रमा आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। युक्रेनको रेड क्रसले आफ्नो गोदाममा आक्रमणका कारण क्षति भएको जनाएको छ।

यो कीभमा आठ दिनमा भएको चौथो आक्रमण हो। रसियाले विजय दिवस मनाउन २४ घण्टा अघि आक्रमण गरेको हो।

वार्षिक बिदाको रुपमा लिइने विजय दिवस दोस्रो विश्वयुद्धको समयमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको सम्झनामा मनाइने गरिन्छ। क्रेमलिनले गत वर्ष युक्रेनमा ‘फुल स्केल’ आक्रमण सुरु गरेदेखि यसलाई सोही रुपमा ल्याउने प्रयास गरेको छ।

पछिल्ला महिनाहरूमा सर्वसाधारणलक्षित रसियाली आक्रमणपछि कीभमा धेरै दिन आक्रमण भएको थिएन। अपेक्षित युक्रेनी काउन्टर(आक्रमणअघि मस्कोले गत हप्ताबाट व्यापक रूपमा हवाई आक्रमणलाई बढाएको छ।

मध्यरातको केही समयपछि सुरु भएर चार घण्टा भन्दा बढी समयसम्म चलेको पछिल्लो आक्रमणमा इरान(निर्मित शाहेद कामिकाजे ड्रोनहरू प्रयोग भएको युक्रेनी सेनाले बताएको छ। कीभका मेयर भिटाली क्लित्सकोले रसियाले झण्डै ६० ड्रोन प्रयोग गरेको र यो अहिलेसम्मको सबैभन्दा ठूलो आक्रमण भएको बताए।

उनले ३६ ड्रोन किभमाथि ध्वस्त भएको तर ड्रोन खसेर पाँच जना घाइते भएको बताए।


२६ वैशाख २०८०, मंगलवार ०७:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु