punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालबालिका बोकेको डुंगा पल्टिदा २० को मृत्यु

Chaupati
safha napa

आइतबार साँझ केरलाको मलप्पुरम जिल्लाको तनुर क्षेत्रको तुवालाथिराम समुद्र तटमा करिब ३० यात्रु बोकेको एउटा हाउसबोट पल्टिँदा कम्तीमा २० जनाको ज्यान गएको छ । सो दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई–दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

यस घटनाको बारेमा भारतीय प्रधानमन्त्री मोदीले पनि ट्विट गर्दै भनेका छन्, ‘केरलाको मलाप्पुरममा भएको डुङ्गा दुर्घटनामा परी ज्यान गुमाएकोमा म दुखित छु । शोक सन्तप्त परिवारजनमा समवेदना । प्रत्येक मृतकका आफन्तलाई दुई लाख रुपैयाँ प्रदान गरिनेछ।’

केरलाका पर्यटन मन्त्री पीए मोहम्मद रियासले पनि यस घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनाको जानकारी पाएपछि उनले यस दुर्घटनामा ज्यान गुमाउनेमा विशेष गरी बालबालिका रहेको बताए ।

प्राप्त जानकारी अनुसार विद्यालय बिदामा बसेका बालबालिकाहरू हाउसबोटमा सवार भइरहेको बेला उक्त घटना भएको हो । अझै पनि धेरै बालबालिका हराएको खबर आएको छ, जसको खोजीका लागि विशेष अभियान चलिरहेको छ ।

घटनास्थलमा पुगेको प्रहरी भने यस विषयमा सम्पूर्ण अनुसन्धानमा जुटेको छ । घटना कसरी भयो भन्ने बारेमा वरपरका मानिसहरूलाई पनि सोधपुछ भइरहेको छ।

घटनाको बारेमा एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘दुर्घटना साँझ करिब सात बजे भएको थियो।अहिलेसम्म पानीबाट निकालिएका मानिसहरूलाई नजिकैको निजी र सरकारी अस्पतालमा भर्ना गरिएको थियो। जहाँ केहीको उपचार भइरहेको छ । दुर्घटनाको यकिन कारण अहिले नै थाहा हुन हुन सकेको छैन । अहिले हामी सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेका छौँ।’

 


२५ वैशाख २०८०, सोमवार ०८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु