punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बडूवाल हत्या प्रकरण : आत्मसमर्पण गरेका रावल पुर्पक्षका लागि कारागार चलान

Chaupati
safha napa

कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–१ का भूपेन्द्र बडूवाल हत्या प्रकरणमा प्रहरीले अभियुक्त ठहर गरेका नवीन रावलले आत्मसमर्पण गरेका छन् ।

२०७८ कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा बडूवालको धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो । घटना पछि फरार भएका रावलले आइतबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका हुन् ।

आत्मसमर्पण गरे लगत्तै रावललाई अदालतले  पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

उक्त प्रकरणमा रावलसहितका ८ जना फरारको सूचीमा थिए ।


२५ वैशाख २०८०, सोमवार ०७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु