punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मूल्य घट्दा नेपाल आयल निगमलाई राहत

Chaupati
safha napa

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूूल्य घट्दा नेपाल आयल निगमलाई राहत मिलेको छ । गत वर्ष रुस र युव्रmेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूूल्य बढ्दा घाटामा गएर तेल खरिद गर्न नसक्ने अवस्थामा पुुगेको निगमलाई पछिल्लो समय मूल्य घट्दा राहत मिलेको हो ।

गत असार साउनमा मूूल्य बढ्दै गएपछि निगम घाटामा गएर तेल खरिद गर्न जग्गा धितोमा राखेर राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल सरकारबाट ऋण लिएको थियो । इन्डियन आयल कर्पोरेसन ९आइओसी० लाई तेल भुक्तानीसहित गरेर गत भदौ महिनासम्म निगमको ऋण ३१ अर्ब १३ करोड रुपियाँ पुुगेको पुुगेको थियो ।

गत असोज महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूूल्य घट्दै गएपछि निगमले हाल ऋण घटाएर १२ अर्ब रुपियाँमा झारेको छ । विश्व बजारमा इन्धनको मूल्य घट्दै गएको र सो अनुुपातमा स्थानीय बजारमा मूूल्य समायोजन नगर्दा नाफा बचत गरेर ऋण चुुक्ता गर्न सफल भएको निगमले जनाएको छ । गोरखापत्रमा खबर छ ।


२५ वैशाख २०८०, सोमवार ०७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु