punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मीटरब्याजीलाई जोगाउन खोज्नेहरु पनि कारवाहीमा

Chaupati
safha napa

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मीटरब्याजीलाई कुनैपनि हालतमा कारवाही गरेरै छाड्ने प्रतिवद्धता दोहोर्याउनु भएको छ ।

आज बिहान जनकपुरधाममा मीटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जतिसुकै प्रभावशाली व्यक्ति भएपनि पीडकको पक्षमा भूमिका निर्वाह गर्नेलाई समेत नछोड्ने बताउनुभयो ।

सरकारले पीडकलाई कुन राजनीकि दलको हो भनेर नचिन्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेता तथा पहुँचवाला व्यक्तिले जोगाउन भूमिका खेल्यो भने उनीहरुलाई पनि कारबाही गरेर पीडितलाई न्याय दिने प्रतिवद्धता जनाउनुभयो ।

‘कुनै पार्टीको नेता, पहुँचवाला व्यक्ति वा कसैले पनि मीटरब्याजी पीडकहरुको पक्षमा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याइने छ’, उहाँले भन्नुभयो ।


१७ वैशाख २०८०, आइतवार १२:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु