punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा लागूपदार्थ दुव्यर्सनीको परिणाम : छोराको प्रहारबाट बाबु जोगिए, बाबुको प्रहारबाट छोरा जोगिएनन्

Chaupati
safha napa

शनिवार धनगढी उपमहानगरपालिका-  ६ मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरी जिल्ला प्रहरी कार्यालय कैलाली पुगे । उनको शरीरमा चोट थियो ।

प्रहरीलाई उनले आफ्नो २१ बर्षिय सहोदर छोरा अर्जुन चौधरीको मृत्यु भएको जानकारी दिए । अर्जुनको नभई हत्या गरिएको थियो । उक्त हत्या अरू कोहीबाट नभई आफूबाट भएको जिल्ला प्रहरी कार्यालयमा चौधरीले बयान दिए ।

आफूले प्रहार गरेको इट्टा लागेर छोराको मृत्यु भएको भन्दै घटना लगत्तै उनी आत्मसमर्पण गर्न जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका थिए ।
उनले प्रहरीलाई घटनाबारे विस्तृत रुपमा जानकारी दिए । महेश कुमारका अनुसार उनका छोरा लागू पदार्थ दूव्यसनिमा नराम्री फसेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुल दीप चौधरी पनि मृतक लागू पदार्थ दूव्यसनिको अन्तिम चरणमा रहेको बताउँछन् ।

शनिवार सामान्य विवाद पनि अर्जुनले नजिकैको मन्दिरमा रहेको मूर्तिमा क्षति पुराइरहेका थिए ।
मूर्ति तोडफोड गर्न लागेपछि बुवाले थप सम्झाउन गएको र त्यसपछि विवाद बढेको र घटना भएको प्रहरी प्रवक्ता चन्दले जानकारी दिए।

महेशकुमारले आफ्नो छोरालाई इट्टाले हान्नु भन्दा पहिले अर्जुनले पनि आफ्नो बुवालाई त्रिसुल र इट्टाले प्रहार गरेका थिए । छोराको प्रहारबाट सामान्य घाइते भएका बुवाले इट्टा प्रहार गर्दा छोराको मृत्यु भएको प्रवक्ता चन्दले बताए ।

लागूपदार्थका कारण यस अघि पनि घरमा झै झगडा हुने गरेका चन्दको भनाइ छ । आफ्नो छोराको हत्या गरेर आफै आत्मसमर्पण गर्न आएका महेश कुमारमाथि आज म्याद थप हुने छ । उनी विरुद्ध कर्तव्य ज्यानमा मुद्दा गर्दा गरिएको प्रहरी प्रवक्ता चन्दले जानकारी दिए ।

कैलालीमा पछिल्लो समय मदिरा र लागु पदार्थका कारण आफ्नै घर भित्र हत्या हिंसाका घटना बढिरहेका छन् । यस अघि पनि छोराले बुवाको र बुवाले छोराको हत्या गरेको र श्रीमान् श्रीमतीले एक अर्काको हत्या गरेका घटनाहरू सार्वजनिक भएका थिए ।


१७ वैशाख २०८०, आइतवार ०८:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु