punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुर प्रशासनले सार्वजनिक बिदामा पनि सेवा दिने

Chaupati
safha napa

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाको दिनमा पनि सेवा दिने भएको छ।

कार्यालयले शनिबार बाहेकको सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिने जनाएको छ।

नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने विशेष व्यवस्था गरे अनुरूप जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए।

ुशनिबार बाहेक विभिन्न चाडपर्व तथा दिवसमा हुने सार्वजनिक बिदाका दिन पनि सेवा दिइने छ,ु प्रजिअ अर्यालले भने।

कार्यालयले सेवाग्राहीलाई सेवामा सहज बनाउन टोकन प्रणाली सुरु गरिसकेको छ।


१६ वैशाख २०८०, शनिवार १८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु