punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना

Chaupati
safha napa

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

हाल सुदुर पश्चिम प्रदेश लगायत पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी र कोशी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

पछिल्लो २४ घण्टामा सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जनरचट्याङ्ग, हावा(हुरीबाट हुन सक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


१५ वैशाख २०८०, शुक्रवार ०८:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु