punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घोडाघोडीमा थपिए चार प्रजातिका चरा

Chaupati
safha napa

कैलालीस्थित नेपालकै पहिलो चरा आरक्ष घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा चार प्रजातिका चरा थपिएका छन्।

पछिल्लो समय गरिएको चरा अनुगमनबाट यो क्षेत्रमा चार प्रजाति थप गरिएको हो। थपिएको प्रजातिमा फुस्रो ढाडे खोले धोबिनी, पहेंलोखुट्टे गट्टेबट्टाई,पहेंलो ठुडे भारद्वाज र जुरे भारद्वाज रहेका छन्।

कैलालीमा अन्यत्र पाइने यी चार वटै प्रजातिका चरा पहिलो पटक घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा अभिलेख भएको चराविद हिरुलाल डङ्गौराले जानकारी दिए। यो सङ्गै घोडाघोडी चरा आरक्ष क्षेत्रमा पाइने चरा प्रजातिको सङ्ख्या ३७० पुगेको छ।

घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा चुरे, भावर, सिमसार, मिश्रित वन, सालकोमात्रै वन रहेका कारण विभिन्न प्रजातिका चरा सजिलै पाउन सकिन्छ।

यहाँ थपिएका चार वटै साधारण प्रजाति हुन। नेपालमा खोले धोबिनी चार प्रकारका पाइन्छन्। घोडाघोडीमा थपिएको फुस्रो ढाडे खोले धोबिनी चुरे र भावर क्षेत्रको हल्का सिमसिम पानी बग्ने चट्टानी भूभागमा पाइने गरेको जनाइएको छ। ‘यो प्रजातिका चरा तराईतिर आउँदैनन्’, चराविद डङ्गौराले भन

यस्तै, नेपालमा पहेंलोखुट्टे गट्टेबट्टाई, सानो गट्टेबट्टाई र धर्के गट्टेबट्टाई गरी तीन प्रकारका बट्टाई पाइने गर्दछन्। यो प्रजातिको चरा खेत, घाँस, झाडी लगायतका क्षेत्रमा बढी पाइन्छन्। त्यस्तै, तराई क्षेत्रमा बस्ने भारद्वाज चरा नेपालमा १२ प्रकारका पाइने गरेको जनाइएको छ।

नेपाल पंक्षी संरक्षण संघ (बीसीएन) को नेतृत्वमा चरा संरक्षण सञ्जाल कैलालीले घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा हरेक वर्ष चराको अनुगमन गर्दै आएको छ।

प्रत्येक अनुगमनको क्रममा एकरदुई प्रजाति थप भएको पाइएको घोडाघोडी नगरपालिकास्थित माघी गाउँका चरा संरक्षणकर्मी कृष्ण चौधरीले बताए । ‘घोडाघोडीमा प्रजाति थपिनेक्रम जारी छ’, उनले भने ,‘अनुगमन गर्दा केहि न केहि थपिएकै हुन्छन्।’


१४ वैशाख २०८०, बिहीवार १७:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु