punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अत्तरियाको एक होटलमा पुरुष मृत फेला

Chaupati
safha napa

कैलालीको अत्तरियास्थित एक होटलमा पुरुष मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित बसपार्क (पहाड रोड) रहेको न्यू सत्कार होटलमा दार्चुलाको ब्याँस गाउँपालिका–३ का अन्दाजी ४५ वर्षीय मोहनसिंह मृत फेला परेका हुन्।

१० वैशाखमा कोठा लिएर बसेका सिंह हिजो साँझ मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले होटलको १०३ नम्बर कोठामा बसेका सिंह मृत अवस्थामा भेटिएको बताए।

चन्दकाअनुसार उनी शौचालयमा झुण्डिएको अवस्थामा भेटिए पनि घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।


१२ वैशाख २०८०, मंगलवार १५:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु