punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रास्वपा सांसद ढाका आजबाट पदमुक्त, सभामुखले सदनलाई जानकारी गराउने

Chaupati
safha napa

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएको सभामुखले संसदलाई जानकारी गराउने भएका छन् ।

केहीबेरमा सूरू हुने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा सभामुखले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दलबाट निष्कासन गरेको सूचनाको जानकारी गराउने तय भएको छ ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको आरोपमा रास्वपाले सांसदसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । सोही अनुसार सांसद सचिवालयमा प्राप्त सूचना आज समामुख देवराज घिमिरले संसदलाई जानकारी गराउन लागेका हुन् ।

श्रेष्ठ रास्वपामा समानुुपातिक कोटामा आएका सांसद हुन् । उनको ठाउँमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ । आज सभामुखले संसदमा जानकारी गराएपछि निर्वाचन आयोगले कंशाकारलाई सांसद नियुक्तको प्रक्रिया थाल्छ ।


१२ वैशाख २०८०, मंगलवार १५:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु