punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितवनमा रविकाे फराकिलो अग्रता, कांग्रेस र एमालेको कति ?

Chaupati
safha napa

चितवन क्षेत्र नं- २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् ।

उनी ३२ हजार ६०२ मतले अगाडि छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार चार सय ५७ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले सात हजार दुई सय ६८ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए।

हालसम्म आठ सय ७० मत बदर भएको छ । उनका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ ।


१२ वैशाख २०८०, मंगलवार ०७:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु