सुदूरपश्चिमको राजधानीबारे संसदमा बलायरको प्रश्न- गोदावरीमा प्रदेश राजधानी अझै किन बनेन ?

नेपाली कांग्रेसका नेता एवं सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेश राजधानीका विषयमा प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सांसद बलायरले प्रदेश राजधानी घोषणा भएको वर्षौं वित्दासमेत संरचना निर्माण नभएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘सुदूरपश्चिमको राजधानी कसले बनाउने हो रु प्रदेशसभाले दुईतिहाइले गोदावरी नगरपालिकामा बनाउने निर्णय गर्‍यो । तत्कालीन नेकपा एमाले र माओवादीको समर्थनमा गोदावरीमा प्रदेश राजधानी बन्ने भयो । तर, त्यतिबेला मेरो पार्टी विपक्षमा थियो । ०७५ सालमा घोषणा भएपनि अहिलेसम्म राजधानी नबन्नुको कारण के हो रु’

सांसद बलायरले प्रदेश राजधानी निर्माणका विषयमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने माग गरे ।

‘यसैले राजधानी कसले बनाउने हो रु राजधानी बनाउने ठाउँम भोगाधिकार केन्द्रले दिएन । राजधानी बनाउने भन्नेबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्छ,’ उनले भने ।

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी क्षेत्र सांसद बलायरको निर्वाचन क्षेत्रमा पर्दछ ।


५ वैशाख २०८०, मंगलवार २१:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु