कञ्चनपुर – २ बाट निर्वाचित कांग्रेस नेता साउदले परराष्ट्रमन्त्रीमा लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठै पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री बनाइएको छ । साउदले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन् ।

आठौं पटक प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरे पनि अझै ५ मन्त्रालय प्रधानमन्त्रीको काँधमा छ।


३ वैशाख २०८०, आइतवार १६:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु