punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको मालाखेती अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु

Chaupati
safha napa

कैलालीको मालाखेती अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु भएको छ । आइतबार बिहान अस्पताल भर्ना भएकी गोदावरी नगरपालिका वडा नं. २ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराईको मृत्यु भएको हो ।

अस्पतालमा डाक्टरहरुको लापरबाहीका कारण सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै स्थानीयले आज विहानदेखि विरोध गरिरहेका छन् । जसले गर्दा अस्पतालको सेवा प्रवाह ठप्प भएको छ । चैत १८ गते सुत्केरी मिति तोकिएको ब्यथा नलागेपछि उनी २६ गते अस्पताल गएकी थिइन् ।

डाक्टरले नर्मल छ भन्दै उपचारमा चासो नदिएको मृतककी बहिनी धर्मा भट्टराईले बताइन् । डाक्टरहरुले मतलब नगरेकाले समयमै उपचार नहुँदा आफ्नो दिदीको मृत्यु भएको उनको आरोप छ । अस्पतालका नर्सहरुले पनि राति कुनै मतलव नगरेको उनले बताइन् ।

अस्पतालका प्रमुख डाक्टर अन्वेश कोइरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताएका छन् । उनले विरामीको अन्य सबै कुरा नर्मल भएको र विहान अचानक नै उक्त समस्या आएको बताए ।


२७ चैत २०७९, सोमवार १६:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु