प्रचण्ड-लेखराज भेटपछि महराले भने– एमालेभित्रका पूर्व माओवादीहरु एउटै मञ्चमा आउन तयार छन्
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एमालेभित्रका पूर्व माओवादी नेताहरु एउटै मञ्चमा आउन तयार भएको बताएका छन् । माओवादी धारले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै महराले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय प्रचण्डले सबै माओवादी घटकका नेताहरुसँग संवाद गरेको बताए । ‘प्रचण्ड कमरेडसँग किरण, धर्मेन्द्र, विप्लवजीले भेटेर कुरागरी राख्नु भएको छ,’ उनले भने, ‘सबैसँग कुरा भइराखेको छ । जनयुद्धकालीन मुद्दामा सहकार्य गर्ने सहमती भएको छ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार सुदूरपश्चिम आएका बेला कैलालीकाे अत्तरियास्थित अत्तरियामा एमाले सचिव पूर्वमाओबादी नेता लेखराज भट्टलाई उनकै निवासमा पुगेर भेटघाट गरेका थिए । उक्त भेटलाई पारिवारिक भएको बताइएको थियो ।
पूर्व माओवादी घटकहरु सकेसम्म एकता नभए मोर्चा बनाएर अघि बढिने महराले बताए बताए । यस्तै महराले आगामी कार्यक्रममा फरकढंगले माओवादी धारको कार्यक्रम सञ्चालन गरिने बताए ।
२७ चैत २०७९, सोमवार १६:२१ बजे प्रकाशित































