punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आइपिएलमा लखनउसँग दिल्ली क्यापिटल्स पराजित

Chaupati
safha napa

इन्डियन प्रिमियर लिग९आइपिएल० मा दोस्रो दिनको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सले जितेको छ । लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको हो ।

लखनउको घरेलु मैदानमा भएको खेलमा लखनउले १ सय ९४ रनको लक्ष्य दिएको थियो। दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सकेको हो । दिल्लीका लागि कप्तान डेभिड वार्नरले ४८ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए। राईली रउसोले ३० तथा पृथ्वी शाले १२ रन बनाए।

लखनउका मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले २र२ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो। लखनउका लागि कायल मेयर्सले ३८ बलमा २ चौका र ७ छक्काको सहयोगमा ७३ रनको अर्धशतकीय ईनिङ खेले।

निकोस पुरनले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाए। कुर्नाल पाण्ड्याले १३ बलमा अविजित १५ रन बनाए। आयुष बदोनी ७ बलमा १८ रन बनाए। दीपक होडाले १७ तथा मार्कुस स्टोईनसले १२ रन बनाए। दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले २र२ र अक्षर पटेल र कुलदिप यादवले १र१ विकेट लिए।


१९ चैत २०७९, आइतवार ०७:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु