punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय युवा संघ डडेल्धुराको अध्यक्षमा बोहरा

Chaupati
safha napa

नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल डडेल्धुराको अध्यक्षमा मोहन बोहरा चयन भएका छन् । आज डडेल्धुरामा भएको आठौँ जिल्ला अधिवेशन मार्फत अध्यक्षमा बोहरा सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा वसन्त चुनारा, सचिवमा दिनेश ताम्राकार, सहसचिवमा सागर देउवा र बसन्ती पाल, कोषाध्यक्षमा सरस्वती महरा चयन भएका छन् ।
आठौँ अधिवेशन ले ३५ सदस्यीय जिल्ला कमिटी चयन गरेको प्रदेश संयोजक विजय शाहले जानकारी दिए ।
अधिवेशन राष्ट्रिय युवा संघ प्रदेश इन्चार्ज बिष्णा चन्दको प्रमुख अतिथिमा सुरु भएको थियो । प्रदेश संयोजक विनय शाह,सहसंयोजक भरत मल्ल, पार्टी जिल्ला सचिव गजेन्द्र शाही लगायतको उपस्थिति रहेको थियो ।

 


१२ चैत २०७९, आइतवार २०:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु