punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरु छलफलमा, भागबन्डा मिलाउन सकस

Chaupati
safha napa

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । विश्वासको मत दिएका सबैलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको तयारी छ। तर, भागबण्डा पेचिलो बनेको छ ।

सत्ता गठबन्धनमा आबद्ध केही दलले सिट सङ्ख्याको अनुपातभन्दा धेरै दाबी गरेकाले भागबन्डामा सकस भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गर्नु भएको छ ।

हिजो प्रधानमन्त्री प्रचण्डलाई माओवादीसँगै कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिएका थिए । चित्तबुझ्दो मन्त्रालय पाए सबै पार्टी सरकारमा जाने तयारीमा छन् । तर, सबैलाई चित्त बुझाएर मन्त्रिमण्डलमा समेट्न प्रधानमन्त्री प्रचण्डलाई चुनौती छ ।


७ चैत २०७९, मंगलवार १२:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु