गाउँपालिका राष्ट्रिय महासङ्घको सुदूरपश्चिम प्रदेश अधिवेशन सुरु
कैलाली । गाउँपालिका राष्ट्रिय महासङ्घको सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन कैलालीमा सुरु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका स्थित बौनियामा गाउँपालिका राष्ट्रिय महासङ्घको प्रदेश अधिवेशन सुरु भएको हो ।
गाउँपालिका राष्ट्रिय महासङ्घका सुदुरपश्चिम प्रदेश अध्यक्ष दुर्गादत्त ओझाको सभापतित्वमा सुरु भएको अधिवेशनमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह प्रमुख अतिथि रहेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा,प्रदेश सभा सदस्य, निर्मला साउद, गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्ष लक्ष्मीदेवी पाण्डे, महासचिव खिमबहादुर थापा र कोषाध्यक्ष उमेश प्रसाद भट्ट पनि कार्यक्रममा सहभागी छन् ।
सुदुरपश्चिम प्रदेशका गाउँपालिकाका प्रमुख र उपप्रमुखहरु कार्यक्रममा उपस्थित छन् । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घ सुदुरपश्चिम प्रदेश अध्यक्ष ओझाले प्रतिवेदन प्रस्तुत गरेका थिए । यो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
७ चैत २०७९, मंगलवार १२:०७ बजे प्रकाशित































